May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पूर्वअर्थ सहायक मन्त्री तथा ज्योति समुहका अध्यक्ष रुपज्योति पक्राउ, यस्तो थियो उनलाई पक्रनुको कारण ?

पूर्वअर्थ सहायक मन्त्री तथा ज्योति समुहका अध्यक्ष रुपज्योति पक्राउ,  यस्तो थियो उनलाई पक्रनुको कारण ?

२१ कार्तिक, काठमाडौं । चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई प्रहरीले अन्र्तराष्ट्रिय विमान स्थलबाट पक्राउ गरेको छ । उनी विदेशबाट नेपाल फर्किएका आएको समय महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको थियो ।
केही अघि ठगी मुद्दामा रुपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रुपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएपछि प्रहरी उनको खोजीमा लागेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रुपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।
ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गरेको आरोपमा शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति का उपाध्यक्ष रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको हो ।



नेपालका ठूलो व्यवसायिक घरानामा मानिने ज्योति समूहले हाउजिङमा लगानी गर्ने भन्दै ०७० सालमा ल्यान्डमार्क डेभलपर्स प्रा.लि. नामक कम्पनी खोलेको थियो । चुक्ता पुँजी १० करोड १० हजार रहेको सो कम्पनीमा ज्योति समूहको ५० लाखको शेयर छ । ज्योति समूहकै अटो कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाखको शेयर लगानी छ ।
देश कै पुरानो र प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि सबै त्यतैतिर आकर्षित भए । काठमाडौंका रैथानेदेखि उपत्यका बाहिरका व्यक्तिहरुले पनि ‘घर’ किन्न १० लाख रुपैयाँका दरले धमाधम बैना रकम दिए । ल्यान्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो घर ‘बूक’ गरे । तर रात रहे अग्राख पालाए भनेझै समय वित्दै जादा निर्धारित समयमा आवासिय घर निमार्ण गर्न सकेन । जस जस्ले पैसा दिएका थिए । उनीहरुलाई समयमा घर दिन नसकेपछि सबै पैसा किस्ता दिनेहरु रुष्ट भए । काठमाडौं महानगरपालिका–३ जग्गामध्ये १९ नम्बर प्लटको ०–६–३–२.१६ को कायम भएको र यसको मूल्य २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको थियो । दुई बर्ष भित्र घर बनाएर दिनुपर्नेमा त्यो नभएपछि अव किन्ने र बेच्ने कम्पनी विच सम्बन्धमा दरार आयो । कम्पनीले प्रत्यक घर ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहित निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । २०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरू गरेको ल्यान्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दियो । हाउजिङ तथा निर्माण क्षेत्रमा ख्याति कमाएको सीई कन्स्ट्रक्सनलाई ल्यान्डमार्कले हाउजिङ निर्माण मात्र हैन बिक्रीदेखि बूकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकार पनि दियो ।
सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने गरी नया सम्झौता भयो । सम्झौतामा नाफाको प्रतिशत खाने भनेर सीइलाई दिएको भनेपछि हाउजिङ बूकिङ गरेका मानिसहरुले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रुपैयाँ पनि बुझाए । उक्त पैसा सीई कन्सट्रक्सनललाई नदिइ रुपज्योति समुहल नै राख्यो । २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भएपनि घर निमार्णको काम सुस्त भयो । यो निमार्ण कार्यलाई भुकम्पले समेत झन असर ग¥यो । अन्तत समयमा घर दिन नसकेपछि केश प्रहरी हुनै अदालत सम्म पुग्यो ।
काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर १९ को जग्गा बैना लिएर दुई वर्षमा बनाउने सहमति गरिएको थियो । तर, सहमतिविपरीत चार वर्षसम्म बैना लिएको जग्गामा न त घर बन्यो न त जग्गाको हक हस्तान्तरण भयो ।
रूपज्योतिले उक्त जग्गामा आफ्नो व्यक्तिगत प्रयोजनका लागि घर बनाउने उद्देश्य राखेर पैसा पचाउने प्रपञ्च रचे ।
त्यसपछि उनीहरूले प्रहरी प्रशासन गुहारे । प्रहरीले रूपज्योतिविरुद्ध मुद्दा दर्ता गर्नै मानेन ।
हरीले उजुरी समेत लिन नमानेपछि पीडितमध्येका एक काठमाडौं महानगरपालिका– २६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्लले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई सम्बोधन गर्दै आफूमाथि रूपज्योतिबाट अन्याय भएकाले न्याय पाउनुपर्ने माग सहित पत्र लेखे ।
मन्त्रीलाई नै सम्बोधन गरेर पत्र प्राप्त भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै उक्त प्रकरणमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दियो ।
गृह मन्त्रालयको पत्रपछि रूपज्योति केही नरम देखिए । उनले मल्लसँग पैसा फिर्ता लिन भने । मल्ल त्यत्तिकै पैसा फिर्ता लिने पक्षमा थिएनन् ।
२०७१ सालमा बुझाएको पैसा २०७५ मा आएर त्यत्तिकै फिर्ता लिनु उपयुक्त पनि थिएन । त्यसपछि मल्ल, ल्यान्डमार्क डेभलपर्स र सीई कन्सट्रक्सनबीच त्रिपक्षीय छलफल भयो । त्रिपक्षीय छलफलका क्रममा थाहा भयो ल्यान्डमार्क डेभलपर्सले २०७१ भदौमा मल्लले बुझाएको १ करोड २६ लाख ७५ हजार रूपैयाँ सीई कन्स्ट्रक्सनबाट बुझ्नै मानेको रहेनछ ।


यता सीई कन्सट्रक्सनले उक्त रकम बुझेर मल्लाई रसिद समेत दिइसकेको थियो । तर, ल्यान्डमार्कले भने ‘तपाईंको खातामा पैसा नै छैन’ भन्दै उल्टै मल्लमाथि मुद्दा चलाउने चेतावनी दिने गरेको रहेछ । तीनै पक्षबीच भएको छलफलपछि सीई कन्सट्रक्सनले ०७१ भदौदेखि २०७५ सम्मको कात्तिकसम्मको ब्जायसहित जोडेर ल्यान्डमार्कलाई पैसा बुझाउने भयो । सीई कन्सट्रक्सनले ३० कात्तिक २०७५ मा ल्यान्डमार्कलाई २ करोड ७० लाख रूपैयाँ बुझायो, विज्ञेन्द्रकृष्ण मल्लका नाममा । ल्यान्डमार्कलाई २ करोड ७० लाख रूपैयाँ बुझाइसकेपछि विज्ञेन्द्रकृष्णले जग्गा र घर पाउने आश राखेका थिए । तर रुपज्योति भने उक्त २ करोड ७० लाख रुपैयाँ ‘पचाउने’ ध्याउन्नमा लागे । विज्ञेन्द्रले उक्त पैसा पाएनन् ।
उनले रुपज्योतिविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी दायर गरे । सोही उजुरीबाट शुरु भएको प्रक्रिया अघि बढ्ने क्रममा जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते रुपज्योतिलाई पक्राउ गर्ने आदेश दियो । आफूमाथि हुनसक्ने कानूनी कारवाहीबाट बच्न रुपज्योतिले निषेधाज्ञाको माग सहित सर्वोच्चमा रिट दायर गरे ।
रुपज्योतिले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्चले खारेज गरिदिएपछि जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ । अनी रुपज्योतिलाई खोज्न थाल्यो प्रहरीले उनी विदेश बाट स्वदेश फर्कनेवित्तीकै प्रहरीले नियन्त्रणमा लिएकभे हो । पक्राउसँगै रुपज्योति ठगी काण्डमा पर्ने नेपालका सबैभन्दा उच्चपदस्थ समुहका प्रतिनिधी भएका छन् ।