प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि १३ अर्व ऋण लिइदै

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि १३ अर्व ऋण लिइदै


२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड (१२० मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारले यो कार्यक्रमका लागि सहुलियतपूर्ण विदेशी ऋण लिने निर्णय गरेको हो । युवा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित रुपान्तरण पहल परियोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको करिव १३ अर्ब ६२ करोड बराबरको सहुलियत ऋण सहायता स्वीकार गरेको छ । रकम प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खर्च गर्ने सरकारको तयारी छ । ४ देखि ५ वर्षभित्र ज्यालाको वितरण, सूचना प्रणालीको निर्माण र रोजगार सेवा केन्द्रको सदृढीकरणमा खर्च गरिने छ । अर्थविद्हरुले कार्यक्रमको उद्देश्य नै प्रष्ट नभई विदेशी ऋण लिइएको टिप्पणी गर्दै आएका छन् । यो कार्यक्रमका लागि गत वर्ष आर्थिक वर्षको अन्त्यमा सबै स्थानीय तहमा रकम पठाइएको थियो । तर वर्षायाममा झार उखेल्ने, कुलो तथा नाला सफा गर्ने लगायतका जनश्रमदानमा गर्दै आएको काम गराएर रकम खर्चिने काम भयो । यो वर्ष कार्यक्रमका लागि २ अर्ब ६२ करोड विनियोजन गरिएको छ र मंसिरभित्र स्थानीय तहबाट प्रस्ताव मागेर कार्यक्रम स्वीकति गरी बजेट पठाइसक्ने योजना छ ।