April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सरकारले गर्यो पन्ध्र अटेरी विद्यालयको खारेजी

सरकारले गर्यो पन्ध्र अटेरी विद्यालयको खारेजी

२२ कात्तिक २०७६ काठमाडौं –
प्रचलित कानुन पालना नगरेका पन्ध्र शैक्षिक संस्थालाई सरकारले खारेज गरिदिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएपनि नियमित रुपमा सरकारलाई बुझाउनु पर्ने विवरण नबुझाउदा काठमाडौ पोखरा र बुटबलका ति सस्थालाई खारेज गरिदिएको छ । उनीहरुले वार्षिक रुपमा नविकरण पनि गर्नुपर्छ । मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायतका कारणले यि सस्था खारेजीमा परेका हुन् । खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । शिक्षा मन्त्रालय स्रोतका अनुसार खारेजीमा परेका शैक्षिक संस्थाहरु

काठमाडौं
–साउथ वेस्टर्न स्टेन
– क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर–पेन्टागन एजुकेसन नेटवर्क
– एजे वाइल्ड इन्स्टच्युट अफ एड्भान्स स्टडिज
– ब्रिजवाटर इन्टरनेशनल कलेज
–ओरिएन्ट कलेज
– मल्पि इन्टरनेशनल कलेज
– एभरेष्ट एजुकेसन फाउण्डेसन
– काठमाडौं भ्यालि कलेज
– सरिन भ्याली स्कुल (एपेक्स लाइफ स्कुल)
पोखरा
– कसमस इन्टरनेशनल कलेज
– गण्डकी बोर्डिङ हाइअर सेकेण्डरी स्कुल
वुटवल
– स्काइ इन्टरनेशनल कलेज र वेस्टर्न मेगा कलेज,
– धनगढीको वेस्टर्न इनटरनेशनल विज्नेस स्कुल