भन्सार र करका साठी उपसचिवको एकैचाटी सरुवा को कहाँ सरुवा भए ?

भन्सार र करका साठी उपसचिवको एकैचाटी सरुवा को कहाँ सरुवा भए ?

२४ कात्तिक, काठमाडौ ।
अर्थमन्त्रालले कर र भन्सार कार्यालयका ६० जना उपसचिवको एकैपल्ट सरुवा गरिएको छ । अर्थ मन्त्रालयले राजस्व प्रशासनका कर्मचारीहरुलाई कर र भन्सार कार्यालयमा सरुवा गरेको हो । लामो समयदेखि मन्त्रालय र केन्द्रीय विभागमा बसेका उपसचिवहरुलाई कर र भन्सार कार्यालयको नेतृत्व दिदै सरुवा गरेको हो । कर र भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा र विभागमा लामो समय काम गरेका उपसचिवलाई भन्सार र कर कार्यालयको जिम्मेवारी दिइएको छ । कुनै विवाद नहुँनेगरी दक्ष र अनुभवी कर्मचारीलाई मन्त्रालय, बिभाग, कर र भन्सार कार्यालयको जिम्मेवारी दिइएको अर्थमन्त्रालयले जनाएको छ । भन्सारतर्फ विराटनगर, मेची र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखको सरुव भएको छ । अति ब्यस्त र बढी कर संकलन हुने काठमाडौंभित्रका कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको पनि सरुवा भएको हो । ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा तानिएका छन् । आन्तरिक राजस्वतर्फ भद्रुर धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ ।