May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

प्रतिबन्धित भारतीय रुपैयाँ सटही हुँनेमा राष्ट्रबैंक पनि हुन सकेन विश्वस्थ


२४ कात्तिक २०७६, काठमाडौं ।
भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका भातीय पाँच सय र दस हजाका नोटहरु नोटहरू नेपालबाट फिर्ता लने सम्भावना कम हुँदै गएको छ । नेपाल राष्ट्र ब्याङ्कका पदाधिकारी नै भारु सटही हुनेमा विस्वस्त छैनन् । भारतले फिर्ता लगोस् भनेर बारम्बार नेपाली अधिकारीले गरेको आग्रह आलटाल गर्नुमा भारतभित्रै प्रणालीमा नफर्केको कालो धन तस्करमार्फत नेपाल आइपुग्ने र नेपालबाट त्यो रकम भारत पुग्ने त्रास भारतीयमा रहेको देखिन्छ । भारतीयमा देखिएको त्रास जस्तै नेपाली सर्वसाधारणले पनि आफूसँग रहेका भारतीय नोट साट्न पाइन्छ भन्ने आशा गर्न छोडिसकेका छन् । हाल नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब आठ करोड रुपैयाँ बराबरको भारतिय नोट रहेको अनुमान राष्ट्र ब्याङ्कको छ । त्यसैपनि पछिल्लो नाकाबन्दीयता चुलिएको भारतविरोधी मनोभावमा उस्तै प्रकृतिको नोट भुटानबाट लग्ने नेपालबाट नलग्ने गरेकाले भारतको मिचाहा प्रवृति उजागर भएको कतिपयको बुझाइ छ । जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय पाँच सय र एक हजारका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर त्यो सुनवाई पनि मोदीले एक कानले सुनेर अर्केकानले उडाएको जानकार बताउँछन् । नेपाल र भारतीय पक्षसित पैसा सटहीको बारेमा कुरा गर्दा, “त्यसलाई हेरौँला, छलफल गरौँला ।“ भन्नै मात्र जबाफ आउने गरेको छ ।
नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ । भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ । तर नेपाल भने भारतीयको पेलानमा परेको छ । २०५१ सालअघि नेपालमा एक सय भारतीय रूपैयाँभन्दा ठूला भारु नचल्ने भएपनि अनौपचारिक रूपबाट यहाँ आएका पाँच सय रूपैयाँका झण्डै २९ करोड भारू लगिदिएको थियो । तर यतिखेर नेपालमा औपचारिक रूपबाटै ल्याइएका पैसा भए पनि नेपालबाट ती नोट फिर्ता नलिनुले भारतीय नियत प्रष्ट हुने कतिपयको बुझाइ छ ।