वित्तीय क्षेत्रलाई निजी उद्योग नसोच्न गर्भनरको चेतावनी

वित्तीय क्षेत्रलाई निजी उद्योग नसोच्न गर्भनरको चेतावनी

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कारबाही गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कारबाही गर्ने चेतावनी दिएका हन् । सोमबार एक फाइनान्स कम्पनीको उद्घाटन कार्यक्रममा उनले मुलुकको आर्थिक विकासमा केन्द्रीत नहुने र नाफाका लागि निजी उद्योग जसरी चल्ने उद्योगहरुलाई कारवाही गर्न आफू बाध्य हुने बताएका हुन् । उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने बताए । गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको पनि स्मरण गराए । गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिने गरेको पनि बताए ।