April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

तास खेल्दा साथिको तास चिन्ने सामाग्री प्रहरीद्धारा नियन्त्रणमा

तास खेल्दा साथिको तास चिन्ने सामाग्री प्रहरीद्धारा नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ ग¥यो । जब प्रहरीले पक्राउ गरेर केशको बास्तविकता थाहा पायो, तब प्रहरी नै चकित भयो । यसरी चकित पर्नुको कारण थियो तास चिन्ने सेन्सर जडित जुवा सामग्रीहरु । पक्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री थिए । डिभाइस जडित एउटा पर्स, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, विभिन्न रंगका ५४ वटा लेन्स र २ वटा हाते झोला ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा, ४ वटा चस्माको खोल, २४ वटा रिमोट, एउटा लिड लाइट, १३५ वटा विभिन्न रंगका एयर पिस, समेत प्रहरीले नियन्त्रणमा लियो ।

प्रहरीले जे जति सामग्री नियन्त्रणमा लियो यि सबैमा तास खेल्दा तास चिन्ने उपकरण जडित भएको पायो । घडी, चस्मा, देखि जे जति समान बरामद ग¥यो त्यो भन्दा पनि आश्चर्य त बरामत भएका पैसामा समेत उपकरण जोडेको प्रहरीले भेट्टाएपछि तास खेल्दा तास खालमा सजिलै तास चिन्न सक्ने प्रहरीको भनाइ छ । पक्राउ परेका कार्कीले यस्तै सामग्रीहरु बिक्रीसमेत गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।