May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

भाई रुपको पक्राउपछि दाई पद्यलाई पनि पक्रन आदेश

भाई रुपको पक्राउपछि दाई पद्यलाई पनि पक्रन आदेश

२५ कात्तिक, कामठाडौं । जिल्ला अदालत काठमाडौंले ठगीसम्बन्धी एक मुद्दामा अनुसन्धान गर्न उद्योगी पद ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । यस अगाडि पनि प्रहरीले एक हाउजिङसम्बन्धी ठगी मुद्दामा पद्यकै भाई रुप ज्योतिलाई पनि पक्राउको पूर्जी पछि रुप र उनकी छोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।प्रहरीले पद्म ज्योतिविरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । सोमबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उद्योगी पदम ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको काडमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।