May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

रुखकाटदा उपभोक्त समितिका सदस्यनै जेल

रुखकाटदा उपभोक्त समितिका सदस्यनै जेल

२६ कात्तिक २०७६, मकवानपुर ।
उपभोक्त समितिका सदस्यको काम बनजंगलको संरक्षण गर्नु हो । तर उपभोक्त समितिका सदस्यनै जथाभावी रुख कटानमा गर्न थालेपछि जेलनै जानु परेको छ । रुख काटदा जेल जनु परेको घटना हो मकवानपुर जिल्लाको बकैया गाउँपालिकको । अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–८ मा रहेको देउताखोला सामुदायिक वनका दुईजना कार्यसमिति सदस्यलाई अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो । उपभोक्ता समूहका सदस्य पातलीमाया भुलुन र सदस्य सितामाया घ्यावाले देउताखोता सामुदायिक जंगलको रुख कटान गर्ने बेच्दै आएका थिए । जिल्ला अदालत मकवानपुरले आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । तर, उनीहरुले धरौटी बुझाउन नसकेपछि दुबैलाई चितवनको भरतपुर कारागार चलान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा अनाधिकृत रुपमा १४ हजार ८ सय ३६ क्यूफिट काठ कटान भएको आरोप सहित डिभिजन वन कार्यालय मकवानपुरले अदालतमा मुद्दा दायर गरेको थियो । वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरुसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख छ ।