April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

इन्धनको परिणाम बढेपनि मूल्य घट्यो

इन्धनको परिणाम बढेपनि मूल्य घट्यो

२६ कार्तिक २०७६, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा इन्धन आयातको परिमाण बढेपनि रकम भने उलेख्य घटेको छ । इन्धनको आयात घट्दा पहिलो त्रैमासिकमा व्यापार घाटा कम गर्न सघाउ पुगेको छ । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दा आयात रकममा कमी आएकोे छ । इन्धन आयात रकममा घटेपनि परिमाणमा भने बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार साउन, भदौ र असोजसम्म ४६ अर्ब ५४ करोड ४५ लाख ३१ हजार रुपैयाँ बराबरको इन्धन आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७ अर्बले कम हो । गत आर्थिक वर्षको तीन महिनामा ५३ अर्ब ५४ करोड २४ लाख ३२ हजार रुपैयाँको इन्धन आयात भएको थियो । असोजसम्म ७ लाख ३६ हजार १ सय ६ किलोलिटर इन्धन आयात भएको छ । गत वर्षको सोही अवधिमा भने ५ लाख ४३ हजार ४ सय ८१ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ ।