May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रशिक्षणको लागि कांग्रेस नेता हेटौंडामा

प्रशिक्षणको लागि कांग्रेस नेता हेटौंडामा

२६ कार्तिक, २०७६ हेटौंडा । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षणको लागि हेटौंडामा नेता तथा कार्यकर्ताको भिड लागेको छ । प्रदेश ३ अन्तर्गत ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आज र भोलि हेटौंडामा हुदैछ । भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो धारका नेता कृष्ण प्रसाद सिटौलाले गर्देहुनुहुन्छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको हो । यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ । भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तर्गतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुको सहभागिता हुँदैछन् । नेपाली राजनीतिक वर्तमान अवस्थाबारे चर्चा हुनेछ । प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे पनि केन्द्रीय पदाधिकारी सहितको उपस्थितिमा छलफल हुनेछ ।