शिवसेनाले साथ छोडदा मोदीलाई पहिलो ठूलो धक्का

शिवसेनाले साथ छोडदा मोदीलाई पहिलो ठूलो धक्का

एजेन्सी
भारतको केन्द्रीय सरकार शिवसेना पाटीका तर्फबाट मन्त्री बनेका अरविन्द सवन्तले राजीनामा दिएका छन् । सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका हुन् । लोकसभाका सांसद रहेका सावन्त मोदी सरकारमा ठूला उद्योग मन्त्री रहेका थिए । यो संगै शिवसेनाले विजेपीको साथ छोडेको छ । उनले यो समयमा केन्द्रीय सरकारमा रहने वातावरण नभएको ट्वीटमार्फत जनाएका छन् । शिवसेनाले अब महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउने तयारी गरेको छ । सावन्तले साथ छोडेपछि मोदीलाई पछिलो पल्ट ठूलो धका लागेको छ ।