May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

लता मंगेशकरको स्वास्थ्यमा सुधार

लता मंगेशकरको स्वास्थ्यमा सुधार

२६ कात्तिक २०७६, काठमाण्डौ । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ ।

उनको स्वास्थ्यमा अचानक गढबढी आएर मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उपचारार्थ सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो ।
मंगेश्करमा केही समयदेखि निमोनियाको समस्या छ । सोही समस्याले उनी अस्पताल भर्ना भएतापनी उनको स्वास्थ्यमा सुधार आएकोले सोमबार नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ ।

मंगेश्कर बलिउडको पाश्र्व गायनमा सबैभन्दा लोकप्रिय छिन् ।