रौतहटको चौकीमा बम विष्फोटः विष्फोट गर्ने भारतीय नागरिक पक्राउ

रौतहटको चौकीमा बम विष्फोटः  विष्फोट गर्ने भारतीय नागरिक पक्राउ

२६ कात्तिक, २०७६, काठमाण्डौ । रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ ।बम विष्फोट गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । घटना भएका बेला उनी सेन्ट्री पोस्टमा थिए । बम प्रहार गर्ने भारत मोतीहारीका चन्दनकुमार रामलाई पक्राउ गरिएको छ ।


मंगलबार दिउँसो बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएको रामसहितको समूहले चौकीलाई लक्षित गरी बम प्रहार गरेको थियो । उक्त घटना बारे अनुसन्धान भइरहेको छ ।