June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

विश्वबजार कब्जा गर्दे नेपाली चिया र कफी

विश्वबजार कब्जा गर्दे नेपाली चिया र कफी

२७ कात्तिक २०७६ काठमाडौं ।
नेपाली चिया र कफीले विश्वबजारमा अफ्नो छाप छोड्न सफल भएको छ । एशिया र युरोपको बजारमा यतिखेर नेपाली चियाको माग बढेर गएको छ । चिन, जापान, जर्मन, इटाली, अमेरिका, बेलायत लगायतका मुलुकमा नेपाली चिया र कफीको माग बढ्न थालेको छ । मागसँगै नेपालीबाट चिया र कफीको निर्यात समेत बढेर गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्यात जन्य वस्तुहरुको प्रमुख सूचीमा नेपाली चिया चिया र कफी परेको छ । भन्सार विभागका अनुसार साउन, भदौ र असोजसम्म २ अर्ब ३२ करोड १० लाख ४१ हजार रुपैयाँ बराबरको चिया र कफीको निर्यात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ४ लाख १३ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालमा उत्पादित चिया र कफी जर्मनी, जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा निर्यातमात्र होइन त्यहाँका चिया फर्मले नेपाली चियाको बारेमा अध्यान समेत गर्न थालेका छन् । गुल्मी, देखि इलाम सम्मनै विदेशी आयर नेपाली चिया र कफीको अध्यान समेत गर्दे आएका छन् । नेपाली चियाले विश्व बजारमा आफ्नो छाप छोड्दै गएको प्रमाण यतिखेर पाएको अवार्ड बाट पनि स्पष्ट हुन्छ ।

नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो । 
इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो । यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो । नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार राजधानीमा एक कार्यक्रम गरी गोल्ड तथा सिल्भर अवार्ड नेपाली उद्योगीलाई हस्तान्तर गरेको छ ।


चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट संकलन गरेको एक सय ९१ प्रकारका चियाको नमुनाबाट नेपाली चियालाई अवार्ड प्रदान गरेको हो । बोर्डले नेपालमा उत्पादन हुने विभिन्न प्रकारको चियाको नमुना संकलन गरी चीनको उक्त संस्थालाई उपलब्ध गराएको थियो ।