April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

इन्भेष्टमेन्टले १९ प्रतिशत लाभांश दिने

इन्भेष्टमेन्टले १९ प्रतिशत लाभांश दिने

काठमाडौ , नेपाल इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।