May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मुधुमेहले लिदैछ ज्यान, यसबाट कसरी बच्ने ?

मुधुमेहले लिदैछ ज्यान, यसबाट कसरी बच्ने ?

२८ कात्तिक २०७६ काठमाडौं ।
आज विश्व मुधुमेह दिवस संसारभरी मनाइरहँदा नेपालमा पनि यस्ले विकरात रुप लिदैछ । पछिल्लो समय मुधुमेह प्रत्येक घरमा देखिन थालेको छ । दैनिक जीबन यापनमा असर पार्ने मधुमेह रोग आम चासोको बिषय भएको छ । मधुमेह भनेको रगतमा चिनीको मात्रा अत्यधिक बढ्ने समस्या हो । प्याङ्क्रियाजले इन्सुलिन राम्रोसँगै उत्पादन गर्न नसक्दा, नगर्दा वा उत्पादित इन्सुलिन राम्रोसँग उपयोग गर्न नसक्दा मधुमेह हुने गर्छ ।

इन्सुलिन के हो ?
इन्सुलिन प्याङ्क्रियाजले उत्पादन गर्ने एककिसिमको हर्मोन हो । इन्सुलिनले शरीरका कोषिकाहरूमा ग्लुकोज प्रवेश गराउने साँचोका रूपमा काम गर्छ ।

मधुमेहलाई अङ्ग्रेजिमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ, भने नेपालीमा यसलाई चिनीरोग भनेर पनि चिनिन्छ ।

मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रूपमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू मधुमेहमा देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् ।
लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियो भास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन ।
मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो । मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ ।
कसरी हुन्छ मधुमेह ?
टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला “इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस“ वा “अपरिपक्व मधुमेह“ भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।
टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस“ वा “परिपक्व हुन लागेको मधुमेह“ भनेर चिनिन्थ्यो । अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन् ।
गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ ।

जोखिमका कारकतत्वहरू
-परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा दोस्रो प्रकारको मधुमेह भएमा,
– शारीरिक तौल ज्यादा वा कम्मरको परिधि (पुरुष ३५.५ इन्ज, महिला ३१.५ इन्चभन्दा बढी भएमा,
– उच्च रक्तचाप भएको वा पहिले हृदयाघात वा मस्तिष्काघात भइसकेको भएमा,
– महिलाको पाठेघरमा धेरै सिस्टहरू भएको खण्डमा,
– गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा र कडाखाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा ।

मधुमेहका मुख्य लक्षण
– बढी तर्खा लाग्ने,
– राति बढी मात्रामा पिसाब लाग्ने,
– ज्यादै थाकेको महसुस हुने,
– अचानक शारीरिक तौल घट्ने,
– गुप्तांग चिलाउने वा बारम्बार कीटाणुको संक्रमण भइरहने,
– घाउ–खटिराहरू चाँडै निको नहुने,
– दृष्टि धमिलो हुने, आदि ।

मधुमेहका मुख्य खतरा वा भावी जोखिम
मधुमेह भएमा बिरामीमा पछि गएर निम्नबमोजिमका जटिलता देखापर्न सक्छन् ः
-मुटुरोग
– मस्तिष्काघात
– स्नायुप्रणालीमा क्षति
– मिर्गौलामा क्षति
– आँखाको विशेषतः रेटिनामा क्षति

मधुमेहका लागि गर्नुपर्ने परीक्षण
रगतको जाँच : यस जाँचमा रगतमा, चिनीको मात्रा (खालीपेटमा र खाना खाएको २ घण्टापछि) हेर्नुपर्छ । बिरामी यदि गर्भवती भएमा खाना खाएको १ घण्टापछि हेर्न सकिन्छ । त्यसरी नै कम्तीमा वर्षको एकपटक कोलेस्टेरोल, किड्नी, लिभर र थाइराइडका जाँच गराउनुपर्छ ।

पिसाबको जाँच: पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए–नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ ।

अन्य जाँचहरू : मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसिजी र इको जाँचका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ ।

कसरी बच्ने यसबाट ?
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ । मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाको हेरविचार गर्नु आवस्यक हुन्छ । टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ । टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ । इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन् । मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ ।
विश्वमा मधुमेह संख्या
एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो । जसमध्ये करीब ९०५ लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो । जुन विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३५ हो । मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ । मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो । मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ । सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करिब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१४ मा मात्रै विश्वभर करिब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ । अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो ।
घरेलु उपचार विधी
खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ५ महिनासम्म खाने गर्नले यो रोग निको हुन्छ ।
तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ, भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने गर्नाले पनि यो निको हुन्छ ।
चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली÷केसरा) बिहान खाली पेटमा खाने गर्नले पनि मधुमेह निकोहुन्छ ।