नेपाल बैंकको निक्षेप र कर्जामा नयाँ योजना

नेपाल बैंकको निक्षेप र कर्जामा नयाँ योजना

२८ कात्तिक २०७६, काठमाण्डौ
मुलुककै सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८३ औं वर्ष प्रवेश गरेको अवसरमा निक्षेप र कर्जाका नयाँ योजना सार्वजनिक गरेको छ । नेपालको सबै भन्दा पहिलो बैंक आउँदो शनिबार ८३ वर्षमा प्रवेश गर्दै छ ।
बैंकले निक्षेपतर्फ ग्रिन सेभिङ्ग र कर्जातर्फ सुलभ आवास कर्जा योजना ल्याएको छ ।

सुलभ आवास कर्जा योजना अन्र्तगत आफ्नै जग्गामा आवास निमार्ण गर्न, घर खरिद गर्न र घर मर्मत लगायतका कार्य गर्न कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यो कर्जा सुविधा ५ देखि २० वर्षसम्मको अवधिका लागि प्रवाह गरिनेछ । यस्तै, ग्रिन सेभिङ्ग योजनामा सहभागी हुन ग्राहकले २५ हजार रुपैयाँको बचत खाता खोल्नु पर्ने हुन्छ ।
उक्त निक्षेप खातामा ग्राहकले ६ दशमलव पाँच प्रतिशत व्याजका साथै एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकबाट निःशुल्क कोरोबार गर्न सक्ने छन् ।
साथै, ग्राहकले निःशुल्क एटिएम भिसा डेविट कार्ड, मोबाइल बैंकिङ रजिष्ट्रसन सुविधा, एविएस सुविधा, इन्टरनेट बैंकिङ, ५० हजारसम्मको औषधी उपचार, ५० लाखसम्मको दुर्घटना बिमा लगायतका सुविधा पनि पाउनेछन् ।