May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

माछापुछ्रे बैंकको ११ नयाँ शाखा

माछापुछ्रे बैंकको ११ नयाँ शाखा

२८ कात्तिक २०७६, काठमाण्डौ ।

माछापुछ्रे बैंकले देशका विभिन्न जिल्लाहरूमा ११ शाखा कार्यालयहरूको औपचारिक उद्घघाटन गरेको छ । बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको बर्दघाट, रुपन्देही जिल्लाको मनीग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङजिल्लाको तुल्सीपुर र लमही, बर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरूको औपचारिक उद्घघाटन गरेको हो ।
उक्त शाखा कार्यालयहरूको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतिनिधि तथा माछापुछ्रे बैंकका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रूपमा उद्घघाटन गरेको बैंकले जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरू र १३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २ सय ७७ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेकोे छ ।