May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

रुपज्योति पक्राउले उद्योगीमा वितृष्णा जाग्दै, यस्तो छ भित्री कारण

रुपज्योति पक्राउले उद्योगीमा वितृष्णा जाग्दै, यस्तो छ भित्री कारण

२८ कार्तिक २०७६, काठमाडौँ ।

व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति तथा पूर्वराज्यमन्त्री रुपज्योति केहीदिनदेखि प्रहरी हिरासतमा छन् । बार्षिक अबौको कारोवार गर्ने सस्थाका प्रतिनिधी जो राज्यलाई नै बार्षिक करौडौ राजस्व बुझाउँछन् ति ब्याक्ती नै आज एक करोड ठगी भन्दै हिरासतमा बस्नु परेपछि उद्योगीमा भित्र भित्रै भुषको आगो झै सरकार प्रति वितृष्णको भावना जागेर गएको छ । सामान्य घटनालाई उचाल्न बिचौलिया हावी भएको, सरकारले सफल व्यवसायीको मानमर्दन गरेर तर्साउन खोजेको भन्दै निजी क्षेत्र त्रसित भएको हो । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँले प्रतिष्ठित व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
संघले विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । संघद्वारा प्रकाशित विज्ञप्तिमा राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति÷व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले संम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको उल्लेख छ । यसले पनि के दोखाउँछ भने अव उद्योगी भित्र भित्रै सरकार प्रति आक्रोशित बन्दै गएका छन् ।
देशमा अरबौंको लगानी गरी वार्षिक करोडौंको कर राजश्व बुझाउने समूहको सदस्य र परिवार माथि व्यवसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजैरुपमा समाधान गर्न सकिने प्रशस्त माध्यम हुँदाहुँदै सरकारसित निकट रहेका केही ब्याक्तीको सहयोगमा ज्योति परिवारलाई जर्बजस्त गिरफतार गरेर उद्योगी त्रर्साउन खोजेको उद्योगीको ठहर छ । सरकारले केही ब्याक्तको आडमा रहेर पहिला ज्योति, पछि उनकी छोरी सरुचीलाई नियन्त्रणमा लिएर पछि समुहकै अध्यक्षलाई पक्रउ अदेश जारी गर्ने कार्यले औद्योगिक वातावरण हराउँदै गएको ठहर गरेको छ ।
यही भएर नेपाल उद्योग बाणिज्य महासंघ काठमाडौं शाखाले गरेको छ । उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै संघले विहिबार काठमाडौँ बिरोधको कार्यक्रम गरेको छ ।


काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पताल आसपासमा ६ रोपनी ११ आनाको एउटा प्लटिङमध्ये एउटा प्लटमा देखिएको विवाद बढ्दै गएपछि उनी हिरासतमा पुग्नुपरेको हो । यो घटनालाई लिएर यतिबेला सिंगो निजी क्षेत्र त्रसित छ । यसमा ज्योति परिवारकै सदस्य बढी छन् । जसविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यो सबै राजनीतिक चलखेलकै कारण भएको रुपज्योतिको आशंका छ । तर उनले राजनीतिक आडमा को लागेको हो भन्ने बारेमा केही बताउँन चाहेका छैनन् । तर उनी निकट उद्योगी गृहमन्त्री निकट स्रोत लागि परेको बताउँछन् । बाँसबारीमा रहेको सो जग्गालाई २०७१ सालमा ज्योति समूहले हाउजिङ परियोजनाका रुपमा विकास गर्ने योजना बघि बढायो । जसका लागि सीई कन्स्ट्रक्शनलाई वर्किङ पार्टनरका रुपमा ज्योति समूहले छानेको थियो ।
उक्त जग्गाको एउटा प्लटको बैना र रकम बुझेर आफूलाई जग्गा नदिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले रुपज्योतिविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योतिका कानुन व्यवसायी अरुण ज्ञवालीका अनुसार मल्लले उक्त रकम सीईका एक कर्मचारीलाई दिएका थिए । न त उक्त रकम ज्योति समूहको नाममा आएको थियो न त ल्याण्डमार्क कम्पनीको नाममा ।
उनले सीई कन्ट्रक्सनका शम्भु फुयाँललाई बुझाएको रकम सीई कन्ट्रक्सनको खातामा जम्मा भएको, सीईले मल्ललाई अर्को स्थानमा त्यतिनै रकमको जग्गा दिने सहमति पनि बनेको थियो । तर यो कुरा ल्याण्डमार्क कम्पनीको जानकारीमा थिएन । मल्लले बैना गरेको रकम ल्याण्डमार्क कम्पनीले अर्कैको नाममा बिक्री गरेपछि विवाद बढ्यो । यसरी विवाद बढ्दा पैसा लिने ब्याक्तीलाई नियन्त्रणमा लिनु पर्नेमा ज्योतिलाई नियन्त्रणमा लिइएको छ । त्यही भएर ज्योति समुहले यस्लाई ब्यावसायिक ईगोको रुपमा लिएको छ । विवाद बढ्दै गएपछि रुपज्योतिले आफूलाई फसाउन लागिएको भन्दै मल्लले घडेरीका लागि बुझाएको भनिएको रकम बुझाइपाऊँ भन्दै अदालतमै पुगेर अदालती चार्जसहित रकम जम्मा गरे पनि उनलाई छोडिएको छंैन् । यहाँनेर बिचौलिया हाबी भएको ज्योति समूह निकट व्यवसायीहरु बताउँछन् । उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल ज्योति हिरासतमा बसेको बिषयलाई नजिक बाट निकालेको बताउँछन् । उनी भन्दछन्,–‘यो घटनालाई लिएर निकै त्रसित छौं, किनकि ज्योति परिवार एक करोड रुपैयाँ ठगी गरेर जेल जानुपर्ने अवस्थाको होइन ।’ उनी थप्छन,– ‘महासंघ पनि हिरासतमा बस्नुको कारण खोजी रहेका छौ ।’
ढकालको जस्तै अन्य उद्योगीले पनि यसमा उच्च राजनीतिक साँठगाँठ जोडियो दाबी गर्दे आएका छन् । व्यवसायीको कसरी मानमर्दन गर्न सकिन्छ । कसरी मुट्ठीमा लिन सकिन्छ भन्ने कुरा यतिखेर खोजी भएको ब्यवसायीको ठम्याई छ । बिचौलियाले हरेक विषयमा करोडौंको बार्गेनिङ गर्न थालेको उद्योगीको ठहर छ । त्यस्तो राजनीतिक साँठगाँठ र सत्ताको दम्भमा हामी जो पनि गर्न सकिन्छ भन्ने परेको उद्योगीहरुको ठहर छ ।

अनुसन्धान फाइल प्रहरीकहाँ फिर्ता

 ठगीको आरोपमा समातिएका उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतीको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले प्रहरीकहाँ फिर्ता पठाएको छ। जाहेरवालाले पैसा प्रप्त गरिसकेको निवेदन दिएपछि फाइल फिर्ता भएको हो।  जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले अनुसन्धान पूरा गर्न अझै बाँकी भएकोले मिसिल प्रहरीलाई नै फिर्ता गरिएको हो। सरकारी वकिलले फाइल फिर्ता पठाएपछि प्रहरीकहाँ नै मिलापत्रको बाटो खुलेको छ।