April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेशनल लाइफको मृत्यदाबी भुक्तानी

नेशनल लाइफको मृत्यदाबी भुक्तानी

२८ कात्तिक २०७६,काठमाडौ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौँमा एक कार्यक्रम आयोजना गरी स्व. सुचिता खनालको मृत्यबीमा दाबी भुक्तानी गरेको छ । स्व. सुचिता खनालले तीन वर्षअघि ५) लाखको जीवन बीमा गरेकोमा बोनससहित ६२ लाख २) हजार रूपैयाँको रकम बीमादाबी बापत भुक्तानी भएको हो ।

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व. सुचिता खनालको श्रीमान् रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले बताए ।
बीमित श्रीमती खनालको उपचारको क्रममा विसं २०७६ असोज २१ गते मृत्यु भएको थियो ।