June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

हुने भयो शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

हुने भयो शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

२८ कात्तिक २०७६, काठमाडौं । मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा गरिएको व्यवस्था अनुसार अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सो सरह बढुवा हुन पाउने भएका छन् ।
यो व्यवस्था कार्यान्वयनमा आएपछी यदी न्युनतम शैक्षिक योग्यता पुरा गरेका शिक्षक भएर पनि तल्लो तहमा कार्यरत छन् भने कार्य सम्पादनको आधारमा माथिल्लो तहमा पनि उनीहरु बढुवा हुन पाउनेछन् । बढुवा गर्दा शिक्षकको सक्षमता, अनुभव, शैक्षिक योग्यता र कार्य दक्षतालाई आधार मानिने शिक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि एकै तहमा लामो समयसम्म पढाइरहेका शिक्षकलाई अनुभवको आधारमा ग्रेडवृद्धि गर्ने व्यवस्था रहे पनि माथिल्लो तहमा बढुवाको कुनै व्यवस्था थिएन ।