कोरम नपुगे पछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगे पछि अर्थ समितिको बैठक स्थगित

काठमाडौ‌ । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ । समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो । बिहीबार पनि विहान ११ बजेका लागि सिंहदरबरमा समितिको बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थिती नभएपछि बैठक स्थगित भएको हो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि थियो, तर गणपुरक संख्या नै उपस्थित नहुँनुले अर्थममितिका सदस्य माथि नै प्रश्न तेर्सिएको छ ।