April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सरकार विरोधी अभिव्यक्तिले पेन्सन रोकिने

सरकार विरोधी अभिव्यक्तिले पेन्सन रोकिने

काठमाडौं । सामाजिक संजालमा निजामती कर्मचारीले सरकार विरोधी अभिव्यक्ति दिएको पाइए निवृत्तभरण (पेन्सन) रोक्का हुने भएको छ । दुइतिहाइको सरकाले सामाजिक संजालमा स्थाई सरकार भनेर चिनिने कर्मचारीले नै चर्को आलोचना गरेको पाइएपछि पेन्सन रोक्का सम्मको व्यवस्था ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको निजामती सेवा ऐनको विधेयकमा निवृत्तिभरण नपाउने व्यवस्था अन्तर्गत बुदा (घ) मा यो व्यवस्था उल्लेख गरिएको छ । यसमा सरकारले गोप्य राख्नु पर्ने सुचना बाहिर खुलासा गरेको पुष्टी भएमा सरकारले निजामती कर्मचारीको पेन्सन रोक्का गर्ने ब्यावस्था गरेको छ । यो नियम लागू भएसँगै अब निजामती कर्मचारीहले सामाजिक संजालहरुमा सरकार बिरुद्ध अभिव्यक्कति दिन छुट पाउने छैनन् ।

निजामति सेवामा कार्यरत सेवकले बिदेशी मुलुकको स्थायी आवाशिय अनुमति प्राप्त गरेको खण्डमा पनि सरकाले निजामती कर्मचारीको पेन्सन रोक्का हुनेछ ।
त्यसैगरी प्रचलित कानुन बमोजिम राज्यबिरुद्धको कसुर मानिने फैजदारी अभियोगमा कसुरदार ठहेमा पनि पेन्सन रोकिने छ । छलफलमा रहेको उक्त ऐनमा भ्रष्ट्राचार, किर्ते, राष्ट्रबिरुद्ध जाहसुसी, लागू औषध कारोबार, सम्पति सुद्धीकरण, पुरातात्विक सम्पति बेचबिखन, मानव बेचबिखन, अपहरण शरीर बन्धक, जातिय छुवाछुत, बहुविवह, जवरजस्ती करणी तथा नैतिक पतन देखिएमा र त्यो आदालतले प्रमाणित गरेमा पनि पेन्सन रोकिने छ ।