नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारतले दियो सवा ३ अर्ब

नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारतले दियो सवा ३ अर्ब

काठमाडौ, भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम)ले बुधबार नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्रदान गरेको छ । भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो । यसका अतिरिक्त भारतले यी घरहरूको निर्माणका लागिअनुदान स्वरुप १०० मिलियन अमेरीकी डलरउपलब्ध गराउने प्रतिबद्घता पनि गरेको थियो । भारतले हालसम्म घरधनीहरूलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर)प्रदान गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।