आन्दोलन चर्किदै जाँदा हङकङमा शैक्षिक संस्था बन्द

आन्दोलन चर्किदै जाँदा हङकङमा शैक्षिक संस्था बन्द

हङकङमा सरकारविरोधी प्रदर्शन चर्कदै गएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । त्यहाँस्थित शिक्षा ब्यूरोले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै किन्डरगार्टेनसहितका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको हो ।  हङकङका मुख्य व्यापारिक केन्द्रसहित विद्यालय तथा विश्वविद्यालयमा समेत प्रदर्शनकारी र प्रहरीबीच भिडन्त हुन थालेपछि यहाँका शैक्षिक सस्थाले यस्तो विकल्प निकालेका हुन् । यसअघि गत मंगलबार पनि दर्जनौँ स्थानीय र अन्तर्रा्ष्ट्रिय विद्यालयहरूले शैक्षिक संस्था बन्द गरेका थिए ।