May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

काठमाण्डौ ( शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने अवार्ड हात पार्न सफल भएको हो । अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले शिवम् सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई ‘एनएस क्वालिटी अवार्ड’ प्रदान गर्नु भएको हो । शिवम सिमेन्टले गुणस्तरको मामलामा ‘नो कम्प्रोमाईज’ मुख्य नारासहित राष्ट्रको विकास, निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।