सनराइज बैंकको शाखा कैलालीको भजनीमा

सनराइज बैंकको शाखा कैलालीको भजनीमा

२९ कात्तिक २०७६, काठमाण्डौ । सनराइज बैंकले कैलालीको भजनीमा १२३ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले शाखाको उद्घघाटन गरेका हुन् ।

सोही दिन बैंकले भक्तपुरको दधिकोटमा ७ औं तथा काठमाडौंको धापासीमा ८औं एक्स्टेन्शन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका देशभर १२३ ओटा शाखा, ३८ ओटा शाखारहित सेवा, ८ ओटा एक्स्टेन्शन काउन्टर र १४४ ओटा एटीएम सेवा पुगेका छन् ।