May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भ्रमण वर्ष प्रवद्र्वन गर्न “टेलिभिजन शो” प्रशारण हुने

भ्रमण वर्ष प्रवद्र्वन गर्न “टेलिभिजन शो” प्रशारण हुने

२९ कात्तिक २०७६, काठमाण्डौ । नेपाल भ्रमण वर्ष, २०२० प्रवद्र्वन गर्न तथा भ्रमण वर्ष प्रभावकारी बनाउने उद्देश्यसहित “टेलिभिजन शो” हुने भएको छ ।
निजी क्षेत्रको साझ्mेदारीमा “पल्सर द नेक्ट डेस्टिनेसन” पाक्षिक टेलिभिजन “ट्राभल शो” निर्माण गरी प्रशारणको तयारी गरेको छ । नेपाल टेलिभिजन तथा हिमालय टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रममा नेपालका २६ पर्यटकीय गन्तव्यलाई समेटिएको छ । पर्यटनको उच्च सम्भावना बोकेर पनी प्रचारप्रसारको अभावले ओझ्mेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ ।
नेपाल भ्रमण वर्ष, २०२० अभियानको प्रवद्र्वन गर्ने उद्देश्य र लुकेर रहेका गन्तव्यको पहिचान गर्ने उद्देश्यले सो कार्यक्रम हुन लागेको हो ।