May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सांग्रिला र सिद्धार्थ ग्रुपबीच छूट सम्झौता

सांग्रिला र सिद्धार्थ ग्रुपबीच छूट सम्झौता

२९ कात्तिक २०७६, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच छूट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, तिनका परिवार र सम्पूर्ण ग्राहकलाई सिद्घार्थ ग्रुप अन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुराँमा १० प्रतिशतसम्म छूट दिने बताइएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्घार्थका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
बैंकले देशभरका आफ्ना ८७ ओटै शाखाका ग्राहक यसबाट लाभान्वित हुने बताएको छ ।