May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

२९ कात्तिक २०७६, काठमाण्डौ । ८२ वर्षको उमेर पुग्दा पनि लेखन, सम्पादन तथा पत्रिका प्रकाशनमा सक्रिय साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ । शर्मा, ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका माध्यमबाट साहित्यिक पत्रकारितामा विगत पाँच दशकदेखि क्रियाशील व्यक्तित्व, तथा साहित्यकार हुन् ।

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दनका लागि गठित मूल आयोजक समितिका अध्यक्ष पवन आलोकले आउँदो चैत १२ गते शर्माको जन्मदिनको अवसर पारेर काठमाडौँमा विशेष सार्वजनिक कार्यक्रमसहित अभिनन्दन गरिने बताएका छन् ।
अभिनन्दन कार्यक्रममा शर्माको जीवनी, अभिनन्दन ग्रन्थ, हालसम्म प्रकाशित उनका कृतिको छुट्टाछुट्टै संग्रहसमेत प्रकाशन गरिने अध्यक्ष आलोकले प्रेशविज्ञप्ती माफ्र्mत जानकारी गराएका हुन् ।