ऐतिहासिक विजेता भलिबल टोली आज स्वदेश फर्किंदै

२९ कात्तिक २०७६, काठमाण्डौ । भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज अपराह्न ४ बजे स्वदेश फर्किंदैछ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक पदक जितेको हो ।

। फाइनल खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उपाधि जितेको नेपालले लिग चरणमा पनि माल्दिभ्सलाई पराजित गरेको थियो ।
बंगलादेश जानुअघि नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण खेलसँगै अभ्यास गरेको थियो । त्यसबेला भएका कमकमजोरी सच्याउँदै उपाधि जितेको नेपालले अब घरेलु कोर्टमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।