May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

राजिनामा दिएपनि फर्कदै छन् यि सल्लाहकार

राजिनामा दिएपनि फर्कदै छन् यि सल्लाहकार

शनिवार, ३० कात्तिक २०७६
सचिवालयका कारण पटक–पटक विवाद र आलोचना खेप्न परेपछि ओलीले एक दर्जन सल्लाहकार र सहयोगी मध्ये राजेश वज्राचार्यबाहेक ११ जनालाई राजीनामा दिन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि २२ र २४ कात्तिकमा ११ जनाले नै राजीनामा बुझाए । राजीनामाको एक सातासम्म पनि प्रधानमन्त्रीले नयाँ सल्लाहकार नियुक्त गरेका छैनन् । तर, सचिवालयबाट राजीनामा दिएका सहयोगीहरू भने पुरानै स्थानमा फर्कन दौडधुप थिए । यसै क्रममा ६ जना पुरानै अनुहार दोहो¥ियाउने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा फर्कने बलिया दाबेदार विष्णु रिमाल र चेतन अधिकारी हुन् । उनीहरूसँगै परराष्ट्र सल्लाहकार राजन भट्टराई, आईटीविज्ञ अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर कृष्ण पौडेल पनि सचिवालयमा पुनः नियुक्ति पाउने लिस्टमा छन् । प्रधानमन्त्रीको प्रेस हेर्न सचिवालयमा ३ जना छन् । पत्रकारिताका गुरु कुन्दन अर्याल, पत्रकार रामशरण बजगाईं र चेतन अधिकारी । यि मध्ये चेतन फेरी फर्कने लिष्ठमा रहेका छन् । चेतन प्रेससँगै प्रधानमन्त्रीको भ्रमण तालिका पनि व्यवस्थित गर्छन् । स्रोतका अनुसार प्रधानमन्त्रीकै गृहजिल्लाका चेतनसँग प्रधानमन्त्री सन्तुष्ट छन् । अन्य दुई भने घरमै बस्ने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अपडेटलगायतका सूचना सम्प्रेषणका कारण विवादमा पर्दै आएका कुन्दन अर्याल राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको टक्करका कारण पनि बाहिरिने नम्बरमा दोस्रो मा छन । बालुवाटार स्रोतका अनुसार राजनीतिक सल्लाहकारमा नेकपाका मन्त्री भइसकेका केही नेताको नाममा पनि छलफल चलिरहेको छ यस्तो भएमा सल्लाहार रिमालको ठाउँमा आउने छन नत्र रिमाल पनि दोहोरिने लिष्टमा छन् । उनीहरूको कामबाट प्रधानमन्त्रीको खास असन्तुष्टि नरहेका कारण पुनः बालुवाटार फर्कने सम्भावना रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीका सचिवालयकै पूर्वकर्मचारीका अनुसार सचिवालयमा फर्कन नपाउने पहिलो नम्बरमा छन् होम थापा । २९ चैत २०७५ मा प्रधानमन्त्रीको निजी सचिवालयको लेटरहेटमार्फत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा ६८ वटा योजनाका लागि बजेट माग गरेर योजना आयोगमा पत्र लेखियो । पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारीबिना नै बजेट मागेको भन्दै प्रधानमन्त्री आश्चर्यमा परेको विज्ञप्ति निकाले । ओली यो पत्रबाट दुःखी भएको अर्यालले विज्ञप्तिमै लेखे । यही केश देखि थापाको बर्हिगमन पक्का भएको हो । राजीनामा दिएर बसेका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र विकास विज्ञ घनश्याम भट्टराई भने बालुवाटारबाट लखेटिएका छन् । प्रधानमन्त्रीले लामै समयदेखि दुबैको कामदेखि असन्तुष्टि भएको कारण फर्कने सम्भावना कम भएको हो ।