April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

प्रधानमन्त्रीको तेस्रो पटक डायलसिस

प्रधानमन्त्रीको तेस्रो पटक डायलसिस

शनिवार ३० कात्तिक २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उहाँको तेस्रो पटक होमोडायलसिस गराएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उपचार पश्चात उहाँ आज (शनिबार) नै निवास फर्कनु भएको छ ।