May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

‘ए मेरो हजुर ४’मा पनि अनमोल र सुहानानै दोहोरिने

‘ए मेरो हजुर ४’मा पनि अनमोल र सुहानानै दोहोरिने

शनिवार ३० कात्तिक २०७६
चलचित्र ‘ए मेरो हजुर– ४’ बन्ने भएको छ । नायक अनमोल केसी अनुबन्धित भएका छन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गर्ने यो चलचित्रका लागि नायिकाको रुपमा निर्माता र निर्देशककै छोरी सुहाना थापालाई दोहोरियाउने पक्का भएको छ । त्यस्तै ए मेरो हुजुर–३ मा समेत अभिनय गरेका चकलेटी हिरो अनमोल केशी समेत दोहोरिने भएको हुन् ।
शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै चर्चित लभस्टोरी सेरिज ‘ए मेरो हजूर’ को चौथो श्रृंखलामा अनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो । अनमोल ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका हुन् ।
सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायांकन हुने चलचित्रको कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । बाबुआमामले निमार्ण तथा निर्देशन गरेको ‘ए मेरो हजुर ३’ मा सुहानाले चलचित्रमा डेव्यू गरेकी थिइन् ।