सिद्धार्थलाई फेरी उत्कृष्ट करदाताको सम्मान, अन्य चौध पनि अर्थमन्त्रीद्धारा सम्मानित

सिद्धार्थलाई फेरी उत्कृष्ट करदाताको सम्मान, अन्य चौध पनि अर्थमन्त्रीद्धारा सम्मानित

आइतवार १ मंसिर, २०७६ काठमाडौं ।

आठौं कर दिवसको अवसर पारेर गत आर्थिक वर्ष ०७÷र७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका छन् । राज्यलाई सबैभन्दा बढी कसर तिर्ने ब्याक्तीमा सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार छानिएका छन् ।
गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ । अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । निजी क्षेत्रको सबैभन्दा बढी आयकर तिर्नेमा जगदम्बा स्टिल छ । बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेको छ । त्यस्तै कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्तले पनि आफ्नो क्षेत्रको सबैभन्दा बढी कर तिर्नेको प्रतिनिधीत्व गरेका छन् । मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा र्वड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् । अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ ।