April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

कफीको नयाँ मूल्य निर्धारण

कफीको नयाँ मूल्य निर्धारण

०१ मंसिर २०७६, काठमाण्डौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको मूल्य निर्धारण गरेको छ । उक्त मूल्य निर्धारण मंसिर १ गतेबाट लागू हुने गरी निर्धारण गरीएको हो । बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ कफीको मूल्य गत वर्षको नै यथावत राखीे पार्चमेन्ट ‘ए’ कफीमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ । गत वर्ष बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ कफीको मूल्य प्रतिकेजी ८५ रुपैयाँ थियो भने पार्चमेन्ट ‘ए’ कफीको प्रतिकेजी मूल्य ४१५ रुपैयाँबाट १० रुपैयाँ बढाएर ४२५ रुपैयाँ निर्धारण गरेकोे छ ।

त्यस्तै, फ्रेस चेरी बी मा भने प्रतिकेजी २ रुपैयाँ बढाएको छ । गत वर्ष फ्रेस चेरी बी प्रतिकेजी ७५ रुपैयाँ थियो भने बोर्डले प्रतिकेजी २ रुपैँया बढाएर ८० रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, पार्चमेन्ट बी मा प्रतिकेजी १० रुपैयाँ बृद्धि गरेर ४१० रुपैयाँ निर्धारण गरेको छ । ड्राइ चेरी ए कफी गत वर्षकै मूल्यलाई यथावत गरेर १४० रुपैयालाई नै कायम राखेको छ । ड्राइ चेरी बी गत वर्षकै मूल्यलाई यथावत गरी प्रतिकेजी १ सय रुपैयाँलाई नै कायम गरेको बोर्डले जनाएको छ । ड्राइ चेरी सी कफ्mीको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भौगोलिक सूचक प्रणालीमा आधारित अध्ययनका आधारमा कफीको मूल्य निर्धारण गर्दै आएको छ ।