April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

पुःन सम्मानित भयो जगदम्बा सिमेन्ट

पुःन सम्मानित भयो जगदम्बा सिमेन्ट

१ मंसिर, २०७६, काठमाण्डौ ।

उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयताप्रति प्रतिबद्धता रही आएको जगदम्बा सिमेन्ट फ्mेरीपनी आफ्नो उत्पादनका लागि एनएस क्वालिटी अवार्डअन्तर्गत लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको छ । यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) ले यो अवार्ड प्राप्त गरेको होे ।
यो सम्मान सहित जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक सम्मानित भएको हो । यसअघि सन् २०१४ र २०१५ मा आफ्नो अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) सिमेन्टका लागि जगदम्बा सिमेन्ट यो अवार्डबाट सम्मानित भएको थियो । एकपछि अर्काे सम्मानहरूबाट जगदम्बा सिमेन्टले गुणस्तरीयता प्रतिबद्धतालाई पुष्टि गरेकोे पनि कम्पनीले दाबी गरेको छ ।