April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्रा्ष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्रा्ष्ट्रिय अवार्ड

१ मंसिर, २०७६, काठमाण्डौ ।
काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टले यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्रा्ष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्राप्त गरेको छ ।
भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बिच भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् । सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्रा्ष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
काठमाडौंको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा विसं २०७३ मा केवलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्मित छन् । महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा २ हजारदेखि २ हजार ५ सयसम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।