May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

जाने हैन त इलाम ? हुदैँछ सूर्योदय नगर महोत्सव ।

जाने हैन त इलाम ? हुदैँछ सूर्योदय नगर महोत्सव ।

०१ मंसिर, २०७६, काठमाण्डौ ।
पूर्वको सोन्दर्यकी रानी भनेर चिनिने इलामको सुर्याेदय नगर पर्यटन महोत्सव हुने भएको छ । कन्याम–फिक्कल–श्रीअन्तु गन्तब्य सर्किटको रुप प्रचार प्रसार गर्दे पर्यटन प्रबद्र्धन र विकास गर्ने उदेश्यले इलामको सूर्योदय नगरपालिकाले पाँच दिने प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ  ।

महोत्सव मंसिर १४ देखि १८ गते सम्म हुनेछ । नेपालका उत्कृष्ट पर्यटन गन्तव्यमध्ये कन्याम फिक्कल श्रीअन्तुलाई ‘पूर्वकी रानी’ पनि भन्ने गरिन्छ । प्रदेश १ को महत्वपूर्ण पर्यटकीयस्थल तथा आकर्षणको केन्द्रबिन्दुको रुपमा लिइन्छ ।

५० लाख अनुमानित खर्च गरिएको उक्त महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्दैछ । सो महोत्सवको लागि सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जिलङको स्थानीय सरकारसँग पनि सहकार्य गरेको छ । पहाडी गन्तव्य भएकाले श्रीअन्तुमा भारतको दार्जिलङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकैदिनमा आइपुग्न सकिन्छ ।


इलाममा झ्mुल्के घाम अवलोकन गर्नका लागि श्रीअन्तुडाँडा, फिक्कल चिया बगान, भारतसँग सीमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षणस्थल गोर्खे लगायतका स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।