June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

महालक्ष्मी विकास बैंकको लाभांश पारित

महालक्ष्मी विकास बैंकको लाभांश पारित

२ मंसिर, २०७६, काठमाडौं । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ प्राप्त गर्न सफल महालक्ष्मी विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा सफलतापूर्वक शुक्रबार सम्पन्न गर्दै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई संस्थाको आर्थिक वर्ष २०७५ (०७६ को मुनाफाबाट ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल देशैभर १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरू मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले हालसम्म करिब ३४ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको पनि जनाएको छ ।