सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग

२ मंसिर, २०७६, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरको व्यावहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यल कम्प्युटर वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका–७ सञ्जीवनी बजारमा रहेको सञ्जीवनी माध्यमिक विद्यालयलाईे २ थान डेक्स्टप कम्प्युटर वितरण गरेकोे हो ।
कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुंगानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।