May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

भद्रपुर झापाबाट १७ जुवाडे नियन्त्रणमा

भद्रपुर झापाबाट १७ जुवाडे नियन्त्रणमा

२ मंसिर, २०७६, काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जना रहेका छन् । सुराखीको सूचनाको आधारमा उनिहरुलाई आइतबार राति प्रहरीले भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास बरामद गरेको छ । नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेकोे छ ।