कीर्तिमानी आरोही निर्मल पुर्जाले पाए हामा स्टिलको साथ

कीर्तिमानी आरोही निर्मल पुर्जाले पाए हामा स्टिलको साथ

०२ मंसिर, २०७६, काठमाडौं । निर्मल पुर्जा ‘निम्स दाइ’ अहिले नेपाल तथा अन्तर्रा्ष्ट्रिय जगतको ख्यातिप्राप्त नाम हो । विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सात वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्व कीर्तिमान कायम गर्ने निर्मल पुर्जालाई हामा स्टिलले उनी आरोहणमा जानुअघिदेखि नै साथ दिँदै आइरहेको र आगामी दिनमा पनी त्यस्तै साथ निरन्तर दिने भएको छ ।  
निर्मल पुर्जाले यस अगाडि पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसका लागि उनको दृढ विश्वास, अथक मिहिनेत तथा सकारात्मक सोचले धेरै भूमिका खेलेको छ ।
हामा आइरन एण्ड स्टिल ई. प्रालिको तर्फबाट भौतिक रुपमा साथै प्रिमियर इन्स्योरेन्स क.(नेपाल) लि.ले निर्मल पुर्जाको यस यात्रालाई बीमाको सुविधा प्रदान गरेको छ । निर्मल पुर्जाकोे यस यात्रालाई हामा आईरन एण्ड स्टिल ई. प्रालिका प्रबन्धनिर्देशक तथा प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लिमिटेडका सञ्चालक राजन कृष्ण श्रेष्ठको व्यक्तिगत प्रयासमा निरन्तर सहयोग र प्रयासको पनि योगदान रहेको छ । हाल निर्मल पुर्जाको यस सफल यात्राले नेपाललाई पनि विश्वमान चित्रमा सबैका अगाडि चिनाउने मद्दत पुगेको छ ।