June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

०२ मंसिर,२०७६,काठमाण्डौ । सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतवार प्रतितोला ७१ हजार ८ सय पुगेको सुनको मूल्य सोमवार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतवार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ७१ हजार ३ सय निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार ५ रुपैयाँ घटेर आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।