बिपिन कार्कीलाई मिल्यो सन्तान सुख

बिपिन कार्कीलाई मिल्यो सन्तान सुख

०२ मंसिर, २०७६, काठमाण्डौ । बिपिन कार्कीलाई नेपाली चलचित्र उद्योगका सफल अनि चर्चित अभिनेताका रुपमा लिइन्छ । ति नै चर्चित अभिनेता सोमबार बिहान ६ बजेर ४२ मिनेटमा छोरीको पिता बनेका छन् । छोरी, कार्कीको पहिलो सन्तान हुन् ।
आज बिहान बल्खुस्थित बयोधा अस्पतालमा शल्यक्रिया मार्फत विपिनलाइ पुत्री लाभ भएको हो ।
कार्की पाँच बर्षअघि रेश्मा कटुवालसंग विवाह बन्धनमा बाँधिएका थिए ।