May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

टाटा नेक्सनले सुरक्षाका लागि पाँच स्टार पायो ।

टाटा नेक्सनले सुरक्षाका लागि पाँच स्टार पायो ।

०३ मंसिर, २०७६, काठमाण्डौ । सवारी साधनको सुरक्षा जाँच गर्ने ग्लोबल एनक्यापले टाटा नेक्सनलाई सुरक्षित कारको प्रमाणपत्र दिएसँगै भारतीय कार टाटा नेक्सन सुरक्षित कार भएको छ ।
ग्लोबल एनक्यापले दिएको रिपोर्ट अनुसार यो कारमा भएको सुरक्षालाई पाँच स्टार रेटिङ दिइएको छ । टेष्ट रिपोर्टको अनुसार टाटा नेक्सन दुर्घटनाको समयमा अगाडि सिटमा बस्ने पेसेन्जर र ड्राइभरको टाउको, छाति र गर्दन सुरक्षित रहने देखिएको छ ।
एनक्यापले सन् २०१४ देखि २०१९ बीचमा क्रयास टेष्टबाट नेक्सनलाई सुक्षाका लागि पाँच स्टार दिएको हो । भारतीय बजारमा उत्पादन हुने कारमध्ये नेक्सनले मात्र सुरक्षाका लागि पाँच स्टार पाएको हो ।
सुरक्षित कार भएकाले नेक्सन भारतीय र नेपाली ग्राहकको रोजाइमा पर्दै आइरहेको छ । यो भारतमा भारतमा बिक्री भइरहेका कम्प्याक्ट एसयूभी मध्ये सबैभन्दा सुरक्षीत कार भएको छ ।

टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इन्जिन उपलब्ध रहेको छ । यसमा ६.५ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर छन् ।