May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सिद्धार्थ बैंकको शाखा मोरङमा

०३ मंसिर, २०७६, काठमाण्डौ । सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७२ (चारवटा एक्सटेन्शन काउन्टरसहित) पुगेको छ ।
१६ सयभन्दा बढी पस मेसिन, बैंकले एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८७ एटीएम र बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।