May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सिटिजन्स बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

०३ मंसिर, २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाहक र खाता भएका ग्राहकहरूले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् ।
ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंकखाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि बैंकल उपलब्ध गराउँदै आएको छ ।

बैंकले हाल ८५ वटा शाखा, ८२ वटा एटीएम र एक सय दुुईवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।