June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

विपिन बने “जोकर”

विपिन बने “जोकर”

०३ मंसिर, २०७६, काठमाण्डौ । विपिन कार्की अहिलेका चर्चित अभिनेतामा पर्छन् । उनीद्वारा अभिनित चलचित्र ‘सेल्फी किंङ’ माघ २४ बाट प्रदर्शनमा आउदैछ । विशाल सापकोटाको पहिलो निर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् ।
उक्त चलचित्रमा विपिन कार्की ‘सेल्फी किंङ’ को नामले परिचित चर्चित हांस्य कलाकारको भूमिकामा देखिने छन् । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

चलचित्रमा विपिनसहित केकी अधिकारी, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।